हिजोबाट सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रामा पहिलो दिन नै ४१ प्रतिशत आवेदन परेको छ ।
बिक्री प्रबन्धकका अनुसार बैंकको शेयरमा हिजो ४ बजेर ४० मिनेट जाँदा२ लाख ८५ हजार आवेदकले ३ करोड ७० लाख कित्ताको लागि आबेदन दिएका छन् ।
बैंकले एक सय रुपैयाँ अंकित दरका ८ करोड कित्ता शेयर अर्थात ८ अर्ब बराबरको आईपिओ निष्काशन गर्न लागेको हो।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
प्रतिक्रिया