संसद विघटनको सक्कल निर्णय सर्वोच्चबाटै गायव

५ बर्ष अगाडि

काठमाडौ – प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा रिट निवेदकका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले प्रतिनिधि सभा विघटन गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी मागेका छन् ।

प्रतिनिधि सभा विघटनको निर्णय भएको मन्त्रिपरिषद् बैठकको निर्णय फाइल आएनआएकोबारे उनले जानकारी मागेका हुन्। त्यसक्रममा उनले निर्णय बेञ्चमा प्रस्तुत नै नभई किन फिर्ता भयो रु भनेर प्रश्न गरेका थिए ।

शुक्रबार संवैधानिक इजलासमा भएको बहसमा सहभागी भएका श्रेष्ठ यो जानकारी इजलाससमक्ष यस्तो प्रश्न गरेका हुन्। त्यसपछि न्यायाधीशहरुले निर्णयको सक्कलबारे सोधेका थिए । न्यायाधीशले सक्कल निर्णय कहाँ छ भनेर सोध्दा इजलास अधिकृतले सरकारले नै फिर्ता लगेको जवाफ दिएका थिए ।

पुस २० गते अदालतले मागेको मन्त्रिपरिषदको निर्णय अदालतमा सरकारका प्रतिनिधिले पेश गरेका थिए ।  तर पुस २२ गते भोलिपल्ट ल्याउने भन्दै सरकारी कर्मचारीले उक्त निर्ण फिर्ता लगेका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया