क्लियरिङ हाउसको २० प्रतिशत नगद लाभांश र बोनस शेयर

७ बर्ष अगाडि

काठमाडौँ- नेपाल क्लियरिङ हाउसले २० प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस शेयर दिने भएको छ । 

कम्पनीको आज सम्पन्न सातौँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । 
कम्पनीले आर्थिक वर्ष २०७४÷७५ मा गरेको नाफाका आधारमा उक्त बोनस दिने निर्णय गरेको हो । 

कम्पनीले सो आवमा रु १८ करोड १६ लाख नाफा गरेको आज यहाँ आयोजित साधारणसभामा जानकारी दिइयो । 
कम्पनीको चुक्ता पूँजी रु १८ करोड रहेको छ । बोनस शेयर पारित भएपछि चुक्ता पूँजी बढेर रु २१ करोड ६० लाख पुगेको छ । 

कम्पनीले आव २०७४÷७५ मा ९६ लाख ८६ हजार चेकमार्फत् रु २६ अर्ब ६० करोड बराबरको राफसाफ गरेको छ ।
 कम्पनीले विभिन्न ८० वटा बैंक तथा वित्तीय संस्थाको चार हजार ८० वटा शाखाबाट खिचिएका चेक राफसाफ गरेको जनाएको छ । 

कम्पनीमा केन्द्रीय बैंकको दश प्रतिशत, बैंक तथा वित्तीय संस्थाको ८० प्रतिशत र एक निजी कम्पनीको दश प्रतिशत शेयर स्वामित्व रहेको छ । 
 

७ बर्ष अगाडि

प्रतिक्रिया