भोलि माघ २ गतेबाट नेपाल धितोपत्र बजारको सबैभन्दा ठूलो आईपीओ निष्काशन हुन लागेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले भोलिबाट ८ अर्ब बराबरको ८ करोड कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
जस मध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ। बाँकि रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिँदा न्युनतम १० कित्ता र अधिकतम २ करोड कित्ताको लागि आवेदन दिन सकिने छ ।
बैंकको आइपीओमा माघ २ गतेबाट माघ ६ गते सम्म आवेदन दिन सकिनेछ ।
बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ ।
बैंकले आर्थिक वर्ष ७४/७५, ७५/७६ र ७६/७७ मा क्रमश ११ करोड ९७ लाख, ६६ करोड ९२ लाख र ८४ करोड ७१ लाख खुद नाफा कमाएको छ । कम्पनील आर्थिक वर्ष ७७/७८,७८/७९ र ७९/८० मा क्रमश ७२ करोड ५२ लाख, १ अर्ब ६५ करोड ६७ लाख र २ अर्ब २ करोड खुद नाफा कमाउने प्रक्षेपण गरेको छ ।
त्यस्तै, बैंकले आर्थिक वर्ष ७७/७८ मा ८ प्रतिशत, आर्थिक वर्ष ७८/७९ मा ६.५० प्रतिशत र आर्थिक वर्ष ७९/८० मा ६.१० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रक्षेपण गरेको छ ।
उक्त कम्पनीको आइपीओमा आवेदन दिने कुनै आवेदकको पनि हात खाली हुने छैन् ।
कम्पनीको आइपीओमा आवेदकको संख्या हेर्दा प्रत्यक आवेदकलाई ५० देखि ६० कित्ता सम्म शेयर पर्न सक्ने देखिन्छ ।
प्रतिक्रिया