राष्ट्रपतिमा विद्या र लक्ष्मीको प्रतिस्पर्धा, २९ गते चुनाव

७ बर्ष अगाडि

काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रपतिको निर्वाचनमा लक्ष्मी राईलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय  छ ।  उनको वर्तमान राष्ट्रपति विद्यादेबी भण्डारीसाग प्रतिस्पर्धा हुनेछ । एमालेको समर्थनमा भण्डारी राष्ट्रपतिको उम्मेदवार बनेकी छिन
 । 
काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले शहीद देवानसिंह राईकी सुपुत्री लक्ष्मी राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए । लक्ष्मी राई काँग्रेसका पूर्व केन्द्रीय सदस्य एवं पूर्वसभासद् हुन् । बैठकमा उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने सम्बन्धमा छलफल भए पनि त्यसमा केही निर्णय हुन सकेन । 
नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ । 
राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते हुने भएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया