नेप्सेमा प्रभु लाइफको ४० कित्ता कारोबार, अझै २८ लाख कित्ताको माग

५ बर्ष अगाडि

आज पनि लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ । 

आज २५९ रुपैयाँदेखि २७१ रुपैयाँसम्ममा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको हो । 

प्रभु लाइफ गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको हो ।

रकमका आधारमा उक्त कम्पनीको १० हजार ६३० रुपैयाँको शेयर कारोबार भएको छ ।

न्युन्तम मूल्यबाट कारोबार सुरु भएकाले यस कम्पनीको अहिले सम्म शेयर मूल्य उकालो यात्रा मै रहेको छ । 

उक्त कम्पनीको शेयर माग नेप्सेमा सबै भन्दा उच्च रहेको छ । आज प्रभु लाइफको शेयरमा ११ हजार लगानिकर्ताहरुले २८ लाख २२ हजार कित्ताको माग राखेका छन् । 

आज कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतले बढेर २७१ रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया