मिर्मिरे लघुवित्तले लाभांश घटायो

५ बर्ष अगाडि

मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड यस अघि प्रस्ताव गरेको लाभांश घटाएको हो । 

यस अघि १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत गरी १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको कम्पनीले हाल उक्त लाभांश परिमार्जन गरेर आर्थिक वर्षको मुनाफाबाट ९.२० प्रतिशत बोनर र ०.४८ प्रतिशत कर प्रयोजनको लागि नगद गरी ९।६८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

लघुवित्तले नेपाल राष्ट्र बैंकले वित्तीय विवरण सुधार गरी पेश गर्न निर्देशन दिएपछि प्रस्तावित लाभांश परिमार्जन भएको जनाएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी साधारण सभाले स्वीकृत गरेपश्चात मात्र लगानीकताले पाउनेछन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया