ग्रीन डेभलपमेन्ट बैंकद्वारा लाभांश घोषणा

५ बर्ष अगाडि

ग्रीन डेभलपमेन्ट बैंकले आफ्ना लगानिकर्ताहरुलाई लाभांश घोषणा गरेको छ । 

बैंकले गत आवको मुनाफाबाट  ४.८४५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२५५ प्रतिशत नगद लाभांश गरी कुल ५.१० प्रतिशत लाभांश वितरण गर्न लागेको हो । 

पुस २७ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई उक्त लाभांश दिने प्रस्ताव गरेको हो । 

प्रस्तावित लाभांंश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन्।

५ बर्ष अगाडि

प्रतिक्रिया