नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नारायणी डेभलपमेन्ट बैंक र ज्योति विकास बैंकको शेयरमूल्य समायोजन गरको छ ।
नारायणी डेभलपमेन्ट बैंकले हकप्रद निष्काशनका लागि र ज्योति विकास बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजका लागि बुकक्लोज गरेसँगै नेप्सेले पुस २९ गते, बुधबार शेयरमूल्य समायोजन गरको हो ।
सेयरमूल्य समायोजन पछि ज्योती विकास बैंकको शेयरमूल्य २१८ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो।
मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बैंकको को १० प्रतिशत बोनस शेयर समायोजन भएको हो।
त्यस्तै, नारायणी डेभलपमेन्ट बैंक ९ल्ब्द्यद्यऋ० को १०० प्रतिशत हकप्रद शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। बैंकको समायोजित शेयरमूल्य ४६५ रुपैयाँ रहेको छ।
मंगलबार बैंकको शेयर प्रतिकित्ता ८२९ रुपैयाँमा अन्तिम कारोबार भएको थियो। बुधबार यही समायोजित मूल्यलाई आधार मानेर यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ।
प्रतिक्रिया