चन्द्रागिरीको आईपिओमा अहिले सम्मकै धेरै आवेदक, ११ लाख लगानीकर्ताको हात खाली हुने

५ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेडको आईपिओ भर्ने म्याद सकिएको छ । 

पुस २४ गतेबाट आवेदन खुला गरेको यस कम्पनीको आज बेलुकाको ५ बजेबाट आवेदन बन्द भएको हो । 

 बिक्रि प्रबन्धक ग्लोबल आईएमइ क्यापिटलका अनुसार यस कम्पनीको आइपीओमा १२ लाख ५१ हजार १० जना आवेदकले २ करोड ४४ लाख ७४ हजार ५ सय ३० कित्ताको लागि आवेदन दिएका छन् । 

यस कम्पनीको आइपीओमा परेको आवेदन अहिले सम्म कै धेरै हो । 

यस अघि आइपीओ जारी गरेको प्रभु लाइफको आइपीओमा १० लाख ४९ हजार आवेदकले आवेदन दिएका थिए । 

चन्द्रागिरीले सर्वसाधारणको लागि १३ लाख ९६ हजार २२ कित्ता आइपीओ निशकाष्न गरेको हो । 

अब कम्पनीको आईपिओ १ लाख ३९ हजार ६ सय २२ जनाले मात्र  १० कित्ताको दरले पाउने छन् भने बाँकी ११ लाख आवेदक भन्दा धेरै आवेदकको हात खाली हुनेछ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया