कारोबारको तेस्रो दिन आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा दोहोरो अंकको बृद्धी भएको छ ।
आज नेप्से २८.५३ अंकले बढेर २२ सय ६७ को विन्दुमा पुगेको हो ।
यस्तै, आज नेपसेको सेन्सेटिभ इन्डेक्स पनि ३.८९ ले बढेर ४३३.२८ को विन्दुमा पगेको हो ।
आज कारोबारमा आएका २०२ कम्पनी मध्य १२९ कम्पनकिो शेयर मूल्य बढेको छ भने ३२ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज कारोबारमा आएका १२ उप समूह मध्य ट्रेडिङ बाहेकका सबै उप समूह बढेका छन् ।
नेप्सेमा आज १ करोड ३५ लाख बराबरको शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ९८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज नेप्सेमा सबै भन्दा धेरै प्रिमियर इन्स्योरेन्सको शेयर कारोबार भएको छ ।
कम्पनीको २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
प्रतिक्रिया