प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आज पनि शेयर करोबार भएको देखिएको छ ।
आज २३७ रुपैयाँदेखि २४७ रुपैयाँसम्ममा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको हो ।
प्रभु लाइफ गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको हो ।
रकमका आधारमा उक्त कम्पनीको २४ हजार २०२ रुपैयाँको शेयर कारोबार भएको छ ।
न्युन्तम मूल्यबाट कारोबार सुरु भएकाले यस कम्पनीको अहिले सम्म शेयर मूल्य उकालो यात्रा मै रहेको छ ।
उक्त कम्पनीको शेयर माग नेप्सेमा सबै भन्दा उच्च रहेको छ । आज प्रभु लाइफको शेयरमा ६ हजार ८ सय १२ लगानिकर्ताहरुले १३ लाख २२ हजार कित्ताको माग राखेका छन् ।
आज कम्पनीको शेयर मूल्य ९.७८ प्रतिशतले बढेर २४७ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया