लाभांश घोषणा गरेको दिन सस्तो मै प्रिमियरको शेयर बिक्री गर्दै लगानीकर्ता
प्रिमियर इन्स्योरेन्स कम्पनीले आज लगानीकर्ताहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीले गत आवको मूनाफाबाट लगानीकर्ताहरुलाई ११।०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
तर लाभांश घोषणाकै दिन आज लगानीकर्ताहरुले इन्स्योरेन्सको शेयर सस्तो मै बिक्री गरिरहेका छन् ।
इन्स्योरेन्स कम्पनीहरु मध्य राम्रो कम्पनी मानिएको प्रिमियरले नगद लाभांश मात्रै दिने भए पछि लगानीकर्ताहरुले सस्तो मै उक्त कम्पनीको शेयर बेचेको बुझिएको छ ।
आज कारोबार सुरुभएको दुई घण्टा नपुग्दै नेप्सेमा प्रिमियर इन्स्योरेन्स कम्पनीको १ लाख २५ सय कित्ता शेयर किनबेच हुदाँ १३ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
कम्पनीको शेयर मूल्य आज ६.६० प्रतिशत (६६ रुपैयाँ)ले घटेको छ ।
उक्त शेयर १ हजार २४ रुपेयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया