आज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार, माघ १३ देखि हकप्रद खुला हुँदै

५ बर्ष अगाडि

आज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको अन्तिम कारोबार रहेको छ । 

बैंकले भोली हकप्रद प्रयोजनको लागि बुक क्लोज गर्ने निर्णय गरेसँगै आज सम्म कायम शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन दिन सक्ने छन् । 

बैंकले  १स्१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ ।

बैंकले माघ १३ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दैछ । 

हकप्रद निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।  
 

५ बर्ष अगाडि

प्रतिक्रिया