नागरिक लगानी कोषकाे हकप्रद सेयर खुल्याे, माघ १९ सम्म भर्न पाउने

५ बर्ष अगाडि

नागरिक लगानीकोषले सेयरधनीका लागि आजदेखि हकप्रद सेयर बिक्री खुला गरेको छ । आज पुस २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद माघ १९ सम्म भर्न पाइने छ । 

कोषले हकप्रद शेयर निष्काशन प्रयोजनका लागि पुस १४ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार पुस १३ गतेसम्म कायम शेयरधनीले मात्रै हकप्रदमा आवेदन दिन सक्नेछन्।

कोषले चुक्ता पूँजीको ८२.८४ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन खुला गरेको हो।

कोषले बिक्रिमा ल्याएको सेयर १० कित्ता शेयर बराबर ८.२८४ कित्ता अनुपातमा रहेकोले १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २०० रुपैयाँ बराबरको हकप्रद शेयर बिक्रीमा छ । 

आजदेखि खुल्ला भएको हकपद्र बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग, टेकु, राष्ट्रिय वाणिज्य बैंकका केहि शाखा कार्यालयहरू, नागरिक लगानी कोषको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट भर्न पाइने छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया