मन्त्रालयलाई पत्तै नदिइ आफूखुसी विदेश भ्रमण

७ बर्ष अगाडि

काठमाडौं– राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक सहसचिव रामचन्द्र कँडेल वन तथा वातावरण मन्त्रालयको अनुमति नलिई एक दर्जनभन्दा बढी विशेषज्ञ लिएर भारत भ्रमणमा गएका छन् ।  कान्तिपुरमा खबर छ ।

भ्रमण स्वीकृत गराएर मात्र जानुपर्ने व्यवस्था भए पनि उनको भ्रमणबारे मन्त्रालयलाई जानकारी नभएको मन्त्रालयका प्रवक्ता सहसचिव सिन्धुप्रसाद ढुंगानाले बताए । 
‘देशको प्रतिनिधित्व गर्दै जाने विषय गम्भीर भएकाले भ्रमण मनोनयन स्वीकृत हुनुपर्ने हो,’ प्रवक्ता ढुंगानाले कान्तिपुरलाई भने, ‘त्यसो गरेको देखिएन । यसमा गम्भीर ध्यानाकर्षण भएको छ । मन्त्रालयले एक्सन लिन्छ ।’ 
स्थानीयस्तरमा हुने जुनसुकै सीमावर्ती बैठकमा भाग लिन भारतीय पक्षका अधिकारीले केन्द्र सरकारसँग अनुमति लिने गरेको प्रसंग राख्दै ढुंगानाले यता भने आफूखुसी विदेश भ्रमण हुनु दु:खद् रहेको बताए । 

७ बर्ष अगाडि

प्रतिक्रिया