काठमाडौं- धितोपत्र सम्बद्ध सबै कम्पनीले सामाजिक उत्तरदायित्व अन्र्तगत एक प्रतिशत रकम छुट्याउनु पर्ने भएको छ । यस अघि पनि नेपाल धितोपत्र बोर्डले ३३ प्रतिशत ब्रोकर कमिशन घटाएको थियो ।
नेपाल धितोपत्र बोर्डले केन्द्रीय निक्षेप कम्पनी, क्रेडिट रेटिङ्ग संस्था, धितोपत्र दलाल तथा धितोपत्र व्यापारीहरुले आफ्नो खुद मुनाफाको कम्तिमा एक प्रतिशत रकम छुट्टयाई सामाजिक उतरदायित्व अन्तर्गत खर्चन भनेको छ ।
सो रकम बिशेषगरी लगानीकर्ता शिक्षा तथा सचेतना अभिबृद्धि कार्यमा खर्च गर्नुपर्ने र खर्च गर्दा सबै प्रदेशमा आवश्यकता अनुरुप खर्चको वितरण हुनुपर्ने व्यवस्था बोर्डले गरेको छ ।
यता मर्चेन्ट बैंकरका हकमा संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी व्यवस्था कार्यान्वयनमा आइसकेको छ । धितोपत्रको प्राथमिक बजार देशभर ७७ जिल्लामा विस्तार भइसकेको छ । प्रारम्भिक सार्वजनिक निष्काशनमा १० लाख भन्दा बढी लगानीकर्ताको सहभागिता रहेको छ । अनलाइन प्रणालीको प्रयोग भएसँगै बजारमा नयाँ लगानीकर्ता प्रवेश गरिरहेका छन् ।

प्रतिक्रिया