सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ५ अर्बमाथि

५ बर्ष अगाडि

काठमाडौं - कारोबारको दोस्रो दिन (सोमबार) नेपाल स्टक एक्सेन्ज(नेप्से) सामान्य अंकले बढेको छ ।

कारोबारको सुरुमा उकालो लागेको नेप्से तीन घण्टामा आउँदा झिनो अंकले घटेको थियो । कारोबारको अन्तिम समयसम्म आउँदा परिसुचक ३.७० अंकले मात्रा बढेको छ ।

आज ११ बजेबाट २२३५.७२ को बिन्दुबाट सुरु भएको परिसुचक ३ बजेसम्म आउँदा ०.१७ प्रतिशतले बढेर २२३९.४२ को बिन्दुमा पुगेर आजलाई कारोबार बन्द भएको छ ।

कारोबारका १२ उपसमुहमा ५ उपसमुह भने ओरालो लागेका छन् । व्यापार समुह १३.३ अंकले, होटेल समुह ४.५६ अंकले, उत्पादन समुह ४१.३२ अंकले, लघुवित्तिय समुह ९.२३ अंकले र अन्य १४.६९ अंकले ओरालो लागेको छन् ।

यस्तै अन्तिम समयसम्म कारोबारमा आएका २०८ कम्पनिको १ करोड ३५ लाख ६० हजार ७८३ कित्ता शेयर ४८ हजार ५३ पटक खरिद बिक्री हुदाँ ५ अर्ब ५२ करोड ४८ लाख बराबरको कारोबार भएको छ ।

त्यसैगरी कारोबारमा आएका कम्पनिमध्ये सिद्धार्थ बैंकले ४२ करोड ६२ लाख बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ भने प्रभु बैंकले २५ करोड १२ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया