कारोबारको तेस्रो घणटा : झिनो अंकले घट्यो नेप्से , कारोबार रकम झन्डै ४ अर्ब

५ बर्ष अगाडि

काठमाडौं- कारोबारको सुरुवातबाट उकालो लागेको नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक कारोबार तेस्रो घण्टामा आउँदा झिनो अंकले ओरालो लागेको छ ।

हिजो (आइतबार) बाट बढेको नेप्से सोमबार दुई बजेसम्म आइपुग्दाँ ०.३७ अकले घटेर २२३५.३५ को बिन्दुमा पुगेको छ । तीन घण्टाको अवधिमा परिसुचक ०.०२ प्रतिशतले घटेको हो ।

सेन्सेटिभ भने हालसम्म हरियोमै कायम रहि ०.४२ अंकले मात्र बढेको हो ।

कारोबारमा आएका १२ उपसमुहमा ५ उपसमुह भने ओरालो लागेका छन् । 
 
कारोबारको तीन घण्टासम्म कारोबारमा आएका २०६ कम्पनिको १ करोड ३ लाख ८ हजार ८१० कित्ता शेयर ३४ हजार ६६१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ९६ करोड ६३ लाख बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया