नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने भएसँगै कम्पनीको शेयर मूल्यमा लगातार सकरात्मक सर्किट लागीरहेको छ ।
यस अघि पुस २१ गते कम्पनीले १०० प्रतिशत हकप्रद निष्काशन गर्ने जनाएको थियो । पुस २३ गते पुन स् सूचना जारी गर्दै बैंकले २०० प्रतिशत शेयर जारी गर्ने जनाए पछि उक्त कम्पनीको शेयरमा लगानीकर्ताको आक्रषण बढेको हो ।
आज कारोबार सुरु भएको ३ घण्टामा बैंकको शेयर मूल्य ९.९३ प्रतिशत अर्थात ६९ रुपैँयाले बढेर ७६४ रुपैयाँ पुगेको छ ।
त्यस्तै, आज उक्त बैंकको शेयर बिक्रेता कोहि पनि देखिएका छैनन् भने ७० लगानीकर्ताहरुले १२ हजार कित्ता शेयरको माग राखेका छन् ।
नेपाल राष्ट्र बैकले न्युनतम चुक्तापु्ँजी ५० करोड रुपैयाँ तोकेपछि आगामी आवको साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने बैंकले जनाएको हो ।
प्रतिक्रिया