१५ प्रतिशत लाभांश पाउन सिद्धार्थ बैंकको शेयर किन्नेको चाप, कारोबार रकम सबै भन्दा धेरै

५ बर्ष अगाडि

धारणसभा तथा लाभांश  प्रयोजनको लागि सिद्धार्थ बैंकले भोलीबाट बुक क्लोज  गर्ने भएसँगै बैंकको शेयर खरिदकर्ताको चाप बढेको छ । 

आज कारोबार सुरु भएको डेढ घण्टा सम्म आइपुग्दा बैंकको १६ करोड ५३ लाख रुपैयाँ बाराबरको शेयर कारोबार भएको छ । 

बैंकको शेयर मूल्य भने १.७२ प्रतिशतले बढेर ४७४ रुपैयाँमा कारोबार भइरहेको छ । 

यस अघि बैंकको सञ्चालक समितिले गत आवको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश गरि कुल १५ लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । 

उक्त लाभांश प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते शुक्रबार बालुवाटारको आम्रपाली ब्यांक्वेटमा साधारण सभा आह्वान गरेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया