एनआईसी एशिया बैंकले संस्थापक शेयरको लिलामीमा राख्ने भउको छ ।
बैंकले आफ्नो स्वामित्वमा रहेको चार कम्पनीको ६ लाख २३ हजार ८८० कित्ता संस्थापक शेयर बिक्ी गर्न लागेको हो ।
उक्त शेयर बैंकले यस अघि ने लिलामीमा ल्याए पनि सबै शेयर बिक्री नभएपछि आजबाट शेयर बिक्री गर्दैछ ।
यसअघि बैंकले गत पुस १९ गते आइतबारबाट पुस २४ गते शुक्रबारसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेगरी शेयर लिलामीमा राखेको थियो।
बैंकले नागरिक लगानी कोषको २ लाख ०२ हजार ५६० कित्ता, नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १ लाख ०२ हजार ८६६ कित्ता, एशियन लाईफ इन्स्योरेन्सको कम्पनीको १ लाख २८ हजार २९० कित्ता र सूर्या लाईफ इन्स्योरेन्सको १ लाख ८९ हजार ६६४ कित्ता संस्थापक शेयर लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो ।

प्रतिक्रिया