आज पाँच कम्पनीले साधारण सभा बोलाए, लाभांश वितरण देखि हकप्रद सेयर जारी गर्ने सम्मका प्रस्ताव

५ बर्ष अगाडि

आज सोमबार ५ वटा कम्पनीको वार्षिक साधारणसभा हुँदैछ ।  

साधारणसभा गर्ने कम्पनीहरुमा दुई हाइड्रो र एक एक  इन्स्योरेन्स, लघुवित्त र फाइनान्स रहेको छन् । आज  माउन्टेन इनर्जी नेपाल लिमिटेडले  सातौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको उक्त सभा आज आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यममार्फत सञ्चालन हुदेँछ । 

त्यस्तै, माउन्टेन हाइड्रो नेपाल लिमिटेडको पनि आज साधारण सभा बस्दैछ । 

क्त सभा आज कालिमाटी व्याङ्क्युटमा बिहान ११ बजे सुरु हुनेछ   ।

उता, १०० अंकितका दरले हकप्रद सेयर जारी गर्ने विषयमा छलफल गर्न ३। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज साधारण सभा डाकेको छ । 

कम्पनीको  सञ्चालक समितिले यस अघि १०० अंकितका दरले २७ लाख २९ हजार ७०५ हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको थियो । 

कम्पनीको १९औं वार्षिक साधारणसभा आज होटल सामना, हेटौंडा(४ मेनरोड, मकवानपुरमा बिहान ११ बजे सुरु हुनेछ ।

त्यस्तै, एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ।

कम्पनीको सभाले गत आवको मुनाफाबाट संस्थाका सेयरधनीहरूलाई १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

संस्थाको ८ औं वार्षिक साधारण सभा आज होटल पोखरा, ग्रान्ड, पार्दी, पोखरामा बिहान ११ बजेबाट सुरू हुनेछ ।

त्यस्तै, शेयरधनीहरुलाई १५ प्रतिशत बोनस दिन प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज सभा बोलाउको छ । 

यस अघि कम्पनीको संचालक समितिले आर्थिक वर्ष २०७५र७६ को मुनाफाबाट सेयरधनीहरुलाई ८ प्रतिशत नगद लाभांश र ७ प्रतिशत बोनस सेयरको प्रस्ताव गरेको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रधान कार्यालय, हात्तीसार, काठमाडौंबाट भिडियो कन्फरेन्सको माध्यमबाट बिहान ११ बजे सुरु हुनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया