आइतबारसम्म चन्द्रागिरी हिल्सको आईपीओमा ८ लाखभन्दा बढीको आवेदकबाट आवेदन

५ बर्ष अगाडि

काठमाडौं- पुस २४ गतेदेखि विक्रीमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आईपीओमा ८ लाखभन्दा बढीले  भरेका छन् । 

 आइतवार २ बजेसम्म आईपीओ भर्नेको संख्या८ लाख १५ हजार ६१० जना पुगेकको छ । यी आवेदकहरुबाट १ करोड ५९ लाख ८९ हजार ७० कित्ता शेयर खरीदको माग भएको हो । 

कम्पनीले सार्वजनिक निष्कासनमा सर्वसाधारणका लागि १३ लाख ९६ हजार २२ कित्ता शेयर विक्री खुला गरेको हो । सर्वसाधारणका लागि छुट्याएको कुल १५ लाख ३४ हजार ९१ कित्ता आईपीओमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि र ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि सुरक्षित गरेको छ ।

यस अघि पहिलो चरणमा कम्पनीले  आयोजना प्रभावित स्थानीयलाई ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गरिसकेको छ  । 

कम्पनीको आइपीओमा पुस २८ गते सम्म आवेदन दिन सकिनेछ । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ 

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया