काठमाडौं – गत हप्तादेखि नियमित शेयर कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आज १२० कित्ता शेयर खरिदबिक्री भएको छ । आज १९३ रुपैयाँदेखि २०९ रुपैयाँसम्ममा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको हो ।
रकमका आधारमा उक्त कम्पनीको २४ हजार ४७६ रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेन्जको मार्केट फ्लोर सिटले यस्तो देखाएकोहो ।
न्युन्तम मूल्यबाट कारोबार सुरु भएकाले यस कम्पनीको मुल्य बढ्ने आशामा यसमा शेयर खरिदबिक्री हुने अपेक्षा अत्यन्त न्यून थियो । तर, कारोबार सुरु भएदेखि नै यस कम्पनीको केही कित्ता शेयर खरिदबिक्री हुदैं आएको छ।
प्रतिक्रिया