काठमाडौं- साताको पहिलो दिन (आइतबार) नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म्म आउँदा ४१.२४ अंहले बढेको छ ।
आज कारोबारको सुरुवात देखि नै उकालो यात्रातय गर्दै परिसुचक १.८८ प्रतिशतले बढेर २२३५.७२ को बिन्दुमा पुगि कारोबार बन्द भएको ।
कारोबारमा आएका १२ उपसमुहमध्ये परिसुचक ४१ अंकभन्दा बढीले बढ्दा पनि जीवन बीमा भने १७.१६ अंकले ओरालो लागेको हो । बैंकिङ समुह ५९.६१ , व्यापार समुह ७८.०३ र होटेल समुह २०.५४ अंकले बढेका छन् ।
अन्तिम समयसम्म आउँदा सेन्सेटिभ पनि ७.२१ अंकले वृद्धि भई ४२८.४३ को बिन्दुमा पुगेको छ ।
यस्तै कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २०७ कम्पनिको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयर ५७ हजार १७१ पटक खरिद बिक्री भएको छ ।
साताको पहिलो दिन नै नेप्से परिसुचकले ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा आएका कम्पनिमध्ये प्रभु बैैक लिमिटेडले ४० करोड २९ लाख ९१ हजार बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया