कारोबार सुरु भएको १ हप्तापछि प्रभु लाइफको शेयर मुल्य सकरात्मक सर्किट

५ बर्ष अगाडि

काठमाडौं – नियमित शेयर कारोबार सुरु भएको १ हप्ता पछि प्रभु लाईफको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । आइतबार (आज) उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको हो । 
गत आइतबार प्रतिकित्ता १३७ रुपैयाँबाट उक्त कम्पनीको नियमित शेयर कारोबार सुरु भएको थियो । अधिकांश कम्पनीको नियमित शेयर कारोबार सुरु हुदाँ २,३ दिन नै सकरात्मक सर्किट लाछ । तर, यसको कम्पनीको ठ्याक्कै सकरात्मक सर्किट भने लागेको थिएन । तर, आज भने उक्त कम्पनीको शेयर मुल्य सकरात्मक नै लागेको छ  । 
गत हप्ता उक्त कम्पनीको शेयर मुल्य १९० रुपैयाँ थियो । आज भने त्यो १९ अंकले बढेर २०९ रुपैयाँ पुगेको छ । आज १९३ अंकबाट उक्त कम्पनीको शेयर कारोबार सुरु भएको थियो । 
नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनी शेयर खरिदकर्ताको चाप उच्च छ । तर, बिक्रीकर्ता भने कोही आएका छैनन् । 

आज उक्त कम्पनीको १२० कित्ता शेयर खरिदबिक्री भएको छ । रकमका आधारमा २४ हजार ४७६ रुपैयाँको शेयर कारोबार भएको नेप्सेको फ्लोर सिटमा देख्न सकिन्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया