काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्ज (नेप्सें) परिसुचक कारोबारको दोस्रो घण्टा सम्म आउँदा ४३.२७ अंकले बढेर २२३७.७५ को बिन्दुमा पुगेको छ । परिसुचक १ बजेसम्म आइपुग्दाँ १.९७ प्रतिशतले उकालो लागेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये सबै उपसमुह बढेका छन् ।
दुई घण्टाको अवधिमा कारोबारमा आएका २०२ कम्पनिको ७२ लाख ३१ हजार ९३९ शेयर कित्ता २८ हजार ७२९ पटक खरिद बिक्री हुदाँ ३ अर्ब १४ करोड १७ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया