धनगढीमा जसपाद्धारा प्रतिनिधिसभा विघटन विरोध प्रदर्शन

५ बर्ष अगाडि

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा)  धनगढीमा प्रतिनिधिसभा विघटन विरोध प्रदर्शन गरेको छ । 

सुदूरपश्चिमका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडिबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली क्याम्पस चोकमा पुगेर विरोध सभामा परिणत भएको हो । विरोध सभालाई सम्बोधन गर्दै जसपाका नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक रहेको जिकिर गरे । उनीहरूले प्रतिनिधिसभा विघटनलाई खारेज गर्नु पर्ने माग समेत राखे ।  


यस्तै रेशम चौधरीसहित टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गर्दै सो पार्टीले प्रदर्शन गरेको हो ।  टीकापुर घटना राजनीतिक रहेको भन्दै त्यसको समाधान राजनीतिक रूपमै खोज्न माग गरेका छन् । उनीहरूले टीकापुर घटनाको बारेमा सत्यतथ्य पत्ता लगाउन तत्कालीन समयमा गठित लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन् । रेशम चौधरी लगायत टीकापुर घटनाका बन्दीहरूको रिहाइको माग गरेका छन् ।  

५ बर्ष अगाडि

प्रतिक्रिया