काठमाडौं, साताको पहिलो दिन नेपाल स्टक एक्सेन्ज (नेप्सें) उकालो यात्रातय गर्दै २४.२२ अंकले बढेको छ । कारोबारको पहिलो घण्टासम्म आउँदा परिसुचक १.१० प्रतिशतले बढ्द २२१८.७० को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये एउटा मात्र उपसमुह ओरालो लागेको छ । सामुहिक लागानी कोष ०.०४ अंकले घटेको हो । एक घण्टाको अवधिमा बैंकिङ समुह २८.६९ अंकले र व्यापार समुह ९०.५२ अंकले बढेको छ ।
यो अवधिभर कारोबारमा आएका १९४ कम्पनिको ३२ लाख ५१ हजार २३ शेयर कित्ता १३ हजार ९७४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ४८ करोड ७६ लाख बराबरको कारोबार भएको छ ।
यस्तै प्रभु बैंकले १२ करोड २५ लाख बराबरको कारोबार गर्दै यो अवधिसम्म उच्च स्थानमा रहेको छ ।
प्रतिक्रिया