काठमाडौं, निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको मुनाफा शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
पुस २४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।
प्रतिक्रिया