प्रचण्ड–नेपाल समुहले १ लाख मानिस सडकमा उतार्ने

५ बर्ष अगाडि

काठमाडौं- नेकपा प्रचण्ड–नेपाल समुहले काठमाडौंमा १ लाख मानिस उतार्ने बताएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तय भएको आन्दोलन अन्तर्गत आगामी माग २३ गते मानिस उतार्ने भएका हुन् । 

प्रचण्ड-नेपाल समुहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले शनिवर नेकपा सम्पर्क मञ्च समन्वय कमिटीद्वारा राजधानीमा आयोजित भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंमा मान्छे उतार्ने बताएका छन् ।
 
संसद विघटन ‘गैरसंवैधानिक, गैर लोकतान्त्रिक, निरंकुश र स्वेच्छाचारी प्रतिगामी कदम’ भएको दावी गर्दै यसको विरुद्ध काठमाडौंमा कम्तीमा १ लाख मान्छे उतार्ने बताएका हुन् । त्यसका लागि श्रेष्ठले सम्पर्क कमिटीहरुलाई अहिल्यैबाट तयारी गर्न निर्देशन पनि दिएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया