निर्यातगृह सञ्चालन ३ महिनाभित्र

५ बर्ष अगाडि

काठमाडौं- निर्यातयोग्य वस्तु र सेवालाई सहज एवं सरल ढङ्गले विश्वबजारमा पु¥याउन सरकारले आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने भएको छ । सरकारका एकजना वरिष्ठ अधिकारीका अनुसार निर्यातगृह सञ्चालनसम्बन्धी कार्यविधि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीसमक्ष प्रस्तुत भइसकेको र तीन महिनाभित्र निर्यातगृह सञ्चालन गरिनेछ ।

नेपाल रत्न तथा आभूषण सङ्घको सोह्रौँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै वन तथा भूसंरक्षणमन्त्री प्रेमबहादुर आलेले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न उद्योग व्यवसायको महत्वपूर्ण भूमिका रहने बताउँदै उद्यमी व्यवसायीलाई हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताए । 

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालले आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनलाई सरकारले उच्च प्राथमिकता दिएको र तदनुरुप काम भइरहेको बताउँदै एकै स्थानबाट निर्यातयोग्य सामग्रीको प्रवद्र्धन गर्न आगामी तीन महिनाभित्रमा निर्यातगृह सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको बताए । 

सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले गत आर्थिक वर्षमा रु १० खर्ब ९९ अर्ब व्यापार घाटा व्यहोरेको नेपाललाई यो वर्षको पहिलो पाँच महिनामा रु चार खर्ब ७५ अर्बको व्यापार घाटा भइसकेको सन्दर्भमा निर्यात प्रवद्र्धनमा लागेका निजी क्षेत्रका उद्यमी व्यवसायीलाई सरकारले सघाउनुपर्नेमा जोड दिए । उनले ८० प्रतिशतभन्दा बढी विदेशी कामदार रत्न तथा आभूषण व्यवसायमा रहेकाले स्वदेशीलाई सीपमूलक तालीम प्रदान गरी दक्ष जनशक्ति उत्पादनमा सघाउन सरकारसँग आग्रह गरे ।

५ बर्ष अगाडि

प्रतिक्रिया