यस साता नेपाल स्टक एकस्चेन्ज नेप्से १०७.२१ अंकले बढेको छ ।
यो नेप्सेमा ५.१४ अंकको वृद्धी हो ।
नेप्से गत साता २०८७.२६ को विन्दुमा बन्द भएको थियो ।
यस साता नेप्से अहिले सम्मको उच्च विन्दुमा पुगेको थियो ।
यस साता भने कारोबारको अन्तिम दिन सम्म आइपुग्दा नेप्से १०७.२१ अंकले बढेर २१९४.४८ को बिन्दुमा पुगेको छ ।
यस साता कारोबारमा आएका सबै उप समूह बढेका छन् । यस साता कारोबारको पाँच दिन मध्य ३ दिन बजार बढेको छ भने २ दिन घटेको छ ।
यस्तै, यस साता सेन्सेटिभ इन्डेक्स २२.५२ अंकले बढेर ४२१.२२ को विन्दुमा पुगेको छ ।
यस्तै, यस साता ५ करोड ८७ लाख कित्ता शेयर खरिद बिक्र िहुदाँ २७ अर्ब १७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया