पहिलो दिन नै चन्द्रागिरीको आइपीओमा २ लाख ४० हजार आवेदकबाट आवेदन

५ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेडको आइपीओमा पहिलो दिन नै माग भन्दा ३.५५ गुणा बढी आवेदन परेको छ । 

कम्पनीले हिजोबाट आइपीओ निष्काशन गरेको छ । 

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गरेको हो । जसमध्ये ६१ हजार ३६४ कित्ता कर्मचारीको लागि, ७६ हजार ७०५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता साधारण शेयर सर्वसाधारणको लागि छुट्याइएको छ । 

यस अघि पहिलो चरणमा कम्पनीले  आयोजना प्रभावित स्थानीयलाई ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गरिसकेको छ  । 

कम्पनीको आइपीओमा पुस २८ गते सम्म आवेदन दिन सकिनेछ । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ 

कम्पनीले निष्कासन गर्ने आईपीओलाई इक्रा नेपालले ईक्रा एनपी आर डबल बी रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले मध्यम स्तरको क्रेटिड जोखिम भन्ने बुझाउँछ । 

आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । साथै आवेदकले सि आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन गर्न सक्नेछन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया