ताप्लेजुङ- नेकपाको प्रचण्ड-नेपाल समुह ताप्लेजुङले नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ का विभिन्न बुँदामा उल्लेखित प्रावधान अध्ययनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाएको छ । उक्त संविधानको प्रति पजिल्ला प्रशासन कार्यालय ताप्लेजङमार्फत प्रधानमन्त्री कार्यालयमा पुग्ने गरी पठाइएको हो।
नेपालको संविधान, २०७२ को भाग ७ धारा ७६ को १, २, ३, ४, ५, ६ र ७ सम्मका बुँदा अध्यनका लागि प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईंमार्फत प्रधानमन्त्री ओलीलाई पढ्न पठाइएको नेकपा जिल्ला अध्यक्ष विजयप्रकाश वनेमले बताए ।
प्रधानमन्त्रि ओलीले संविधान अध्ययन नगरी संसद् विघटन गरेको भन्दै अध्ययनका लागि संविधानको प्रति पठाइएको जिल्ला सदस्य प्रजिन हाङवाङले बताए।
अध्यक्ष वनेमसहित सचिव तथा प्रदेशसभा सांसद बमबहादुर साम्सोहाङ, प्रदेश कमिटीका सदस्यहरू, जिल्ला पार्टी कार्यालयका सदस्यहरू तथा सचिवालय तथा जिल्ला कमिटीका नेतासमेत कार्यक्रममा सहभागी थिए ।
प्रतिक्रिया