काठमाडौं- सिप्रदी ट्रेडिङले टाटाले हालसम्म नेपालमा १ लाख १० हजारभन्दा बढी गाडी बिक्री गरेको छ ।
कोभिड १९को कारण लकडाउन अवधिमा व्यापार प्रत्यक्ष प्रभाव परेपनि लकडाउन हटेसँगै व्यापारमा चलायमान बनेको र पछिल्लो दुई महिनामा व्यापार राम्रो भएको कम्पनीले जनाएको छ।
‘टाटाको स्पेयरपार्टस् देखी सर्भिस पाउन नेपालको कुनैपनि ठाउँमा समस्या छैन । टाटाले मोवाइल वर्कसपको समेत व्यवस्था गरेको छ’, सिप्रदी टे«डिङ प्रालिका सिईओ राजनबाबु श्रेष्ठ बताएका छन् । साथै सिप्रदीले नेपालभर २९ वटा सेल्स नेटवर्क र ५३ वटा सर्भिस नेटर्वक स्थापनागरी २४ घण्टा नै सेवा दिएको बताएको छ ।
सिप्रदीले नयाँ प्रविधिको विषयमा जानकारी गराउन काठमाडौंमा टे«निङ सेन्टर स्थापना गरेको छ। वार्षिक १५ सय जनालाई विभिन्न गाडीमा प्रयोग भएको प्रविधिको तालिम दिएको श्रेष्ठ बताउँछन्। हालसम्म कम्पनीले ८ सयभन्दा बढीलाई रोजगारी दिएको छ।
नेपालीलाई स्वरोजगार बनाउनको लागि टाटाले विभिन्न बैंकसंग सहकार्य गरिरहेको बताएको छ। ‘ग्राहकलाई जुन वाणिज्य बैंक वा विकास बैंकबाट ऋण लिएर गाडी खरिद गर्न चाहनुहुन्छ। हामी सहयोग गर्छौँ’, सीईओ श्रेष्ठले बताए।
प्रतिक्रिया