संसद विघटनको बिरुद्धमा आन्दोलनरत अनेरास्ववियुले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ ।
अनेरास्ववियुका विद्यार्थीहरुले प्रदर्शनीमार्ग स्थित रत्नराज्यलक्ष्मी क्याम्पस, मिनभवन, नेपाल कमर्स क्याम्पस लगाएत देशैभर ओलीको पुत्ला जलाएका थिए ।
गत पुस २१ गतेबाट दोस्रो चरणको आन्दोलन गरेको अनेरास्ववियुले बुधबार दिउँसै लाल्टिन जुलुस प्रदर्शन गरेको थियो भने उपत्यकाबाहिर सिटी जुलुस सहित विभिन्न जिल्लामा कालो झण्डा प्रदर्शन गरेका थिए ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि नेपाल कम्युनिस्ट पार्टी ९नेकपा ० का दाहाल(नेपाल पक्षका विद्यार्थीहरु निरन्तर आन्दोलनरत छन् ।
उनीहरुले संविधानको कुनैपनि धारामा संसद विघटन सम्बन्धि धारा नभएको र अलोकतान्त्रिक,असंवैधानिक विरुद्ध आन्दोलन गर्नुपरेको विश्वसंचारलाई जानकारी दिए । साथै उनीहरुले संसद विघटनको विरुद्ध सर्वोच्च अदालतले फैसला नगरुन्जेल सम्म आन्दोलन जारी राख्ने अडान लिएका छन् ।
विद्यार्थी नेताहरूले प्रतिगमन मुर्दाबात,असंवैधानिक ञकुझ खारेज गर लगाएतका नारा लगाएका थिए ।
प्रतिक्रिया