२०२० मा कतिको शेयर कारोबार भयो, यस्तो छ तथ्यांक

५ बर्ष अगाडि

काठमाडौं – सन् २०२० मा नेपाली शेयर बजारमा ४ खर्ब ८४ अर्ब ५६ करोडको ९० लाख बराबरको शेयर कारोबार भएको छ । नेपाल स्टक एक्सेन्ज (नेप्से) को २०२० को दैनिक तथ्याङकलाई जोड्दा यस्तो देखिएको हो । 

यो बर्ष १८४ दिन शेयर कारोबार भएको छ । यतिका दिनमा सो बराबरको शेयर कारोबार भएको तथ्यांकमा उल्लेख छ । 

२०२० को पहिलो दिन अर्थात् जनवारी १ मा रु. ३७ करोड २९ लाख ८८ हजार ३०१ बराबरको  शेयर कारोबार भएको थियो । यस्तै वर्ष को अन्तिम दिन (डिसेम्बर ३१ )मा दैनिक ५ अर्ब ७० करोड ३४ लाख  ६९ हजार ८३७ रुपैंया  बराबरको कारोबार भएको थियो । 

यस्तै, उक्त बर्षमा सबैभन्दा बढीको शेयर कारोबार नोबेम्बर २९ तरिखका दिन भएको छ । सो दिन ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३४८ बराबरको शेयर कारोबार भएको छ । जुन उक्त शेयर कारोबार २०२० को मात्र नेपाली पुँजी बजारमा हालसम्म कै सबै भन्दा बढी हो । 

त्यसैगरी २०२० को सबैभन्दा कम कारोबार भने  मे १३ तारिख मा भएको छ । उक्त दिन रु. ३६ लाख १३ हजार ५२३ को शेयर कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया