आज ५ कम्पनीको साधारणसभा, कुनको कहाँ ?

५ बर्ष अगाडि

काडमाडौं –  शुक्रबार (आज) बिभिन्न ५ कम्पनीको बार्षिक साधारण सभा हुदैं छ । स्ट्याण्डर्ड चार्टड बैंक, सनराइज बैंकसहित आज यतिका कम्पनीको साधारण सभा गर्न लागेका हुन् । 
सधारण सभा गर्नेमा आरएसडिसी लघुवित्त वित्तिय संस्था, महिला लघुवित्त वित्तिय संस्था र सान्जेन जलविद्युत कम्पनी रहेका छने । 

स्ट्याण्डर्ड चार्टर्ड बैंकले आज नयाँ बानेश्वर स्थित एभरेष्ट होटलमा साधारण सभा गर्नेछ । बैंकले सवा १२ बजे साधारण सभा बोलाएको छ । 
गत आवको मुनाफाबाट बैंकले ७ प्रतिशत बोनस शेयर र ४ दशमलव ८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 
सनराइज बैंकको भने अम्रपाली ब्याक्वेंटमा बिहान १० बजेदेखि साधारण सभा हुनेछ ।  सभाले ५ दशमलव ८ प्रतिशत बोनस शेयर २ दशमलव ४८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ ।
यस्तै, आरएसडिसी लघुवित्तले एशियन होटल बुटवलमा बिहान ९ बजे बाट साधारण सभा सुरु भएको छ । 
कम्पनीले गत आवको मुनाफाबाट ९ प्रतिशत बोनस शेयर र ३ दशमलव ६३ प्रतिशत नगद लाभांश  दिने प्रस्ताव उक्त सभामा लैजाने छ । 
यस्तै, महिला लघुवित्त वित्तीय संस्थाले केन्द्रीय कार्यालय काभ्रेमा बिहान ११ बजे साधारण सभा गर्ने बताइएको छ । उक्त कम्पनीले आईपीओ शेयर निकाष्शन गर्ने प्रस्ताव सभामा लैजाने छ । 
यस्तै, सान्जेन जलविद्युत् कम्पनीले चिलिमे जलविद्युत् कम्पनीको सभाहल धुम्रबाराहीमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया