काठमाडौं- अपि पावर कम्पनी लिमिटेडको हकप्रद शेयर बोलपत्रमा नपरेका बोलपत्रवालाहरुको रकम फिर्ता पुस २७ गते मात्र हुने बताएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै शिलबन्दी बोलपत्रहरु पुस १९ गते खोलि पुस २३ गते बाँडफाँड गर्न कम्पनीको संचालक समितिमा पेश गरेकोले बोलपत्रमा नगरेका बोलपत्रवालाहरुलाई उनीहरुले बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा रकमान्तर गर्ने जानकारी दिएको हो ।
कम्पनीले सर्वसाधारण समूहतर्फको १३ लाख ४६ हजार २१८ कित्ता शेयरका लागि हकप्रद शेयर निष्कासन गरेको थियो । तर, उक्त हकप्रदमा आवेदन नपरेपछि पुस ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्रद्वारा खरिद गर्न आव्हान गरिएको हो ।
आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायनचौर, नक्साल, काठमाडौंमा सम्पर्क राख्न पनि कम्पनीले अनुरोध गरेको छ ।
प्रतिक्रिया