नर्बेले बेच्यो विश्वमा सबैभन्दा धेरै विद्युतीय कार

५ बर्ष अगाडि

नर्बेले विश्वमा सबैभन्दा धेरै विद्युतीय कार बिक्रि गरेर विश्वमै पहिलो भएको छ । नर्वेजियन रोड फेडेरेसनका अनुसार नर्वेले २०२० मा नर्वेले ५४.३ प्रतिशत इलेक्ट्रिक कार बिक्रि गरेर विश्वमै पहिलो भएको हो । 

यो सँगख्या सन् २०१९ को तुलनामा १२.२ प्रतिशतले धेरै हो ।  २०१९ मा नर्बेमा ४२ प्रतिशत इलेक्ट्रिक कार बिक्रि भएका थिए । 

विश्वका थुप्रै मुलुकमा प्रदुषणको दर ह्वात्तै बढेको छ । यसको प्रमुख कारण इन्धनबाट चल्ने गाडीहरू पनि हुन् । इन्धनयुक्त गाडीहरूको सट्टामा थुप्रै मुलुकले इलेक्ट्रिक गाडीहरू चलाउन थालेको छ । तर पूर्वाधारको कमी र उच्च मूल्य पर्ने भएकाले यसको प्रयोग भने बढेको छैन । त्यसैले अझै पनि शोरुमहरू डिजेल र पेट्रोलबाट चल्ने कारहरूलाई बेच्‍न बाध्य छन् ।

तथापि, नर्वेले प्रदुषण कम गर्नको लागि २०२५ सम्ममा इन्धनयुक्त कारहरूलाई पूर्णरुपमा ब्याण्ड गर्ने योजना बनाएको छ । योजना मात्रै होइन, कार्यान्वयन पनि गर्दै लगेको छ । त्यस्तै नर्वेले इलेक्ट्रिक कारहरूमा कर समेत कम गरी जनतालाई आकर्षित गर्न खोजेको छ । त्यस्तै नर्वेले देशलाई हरियाली बनाउन थुप्रै योजना बनाएको छ । एजेन्सीको सहयोगमा 

५ बर्ष अगाडि

प्रतिक्रिया