ओपोले सार्वजनिक गर्यो ए टुबेल ३ जीबीको नयाँ मूल्य, कत्ति पर्छ त अब ?

४ बर्ष अगाडि

काठमाडौं- ओपो कम्पनीले ओपो ए टुबेल ३ जीबीलाई नयाँ मूल्य सार्वजनिक गरेको छ ।  केही समय अगाडि मात्र सार्वजनिक गरेको उक्त फोनको मूल्य पहिला १८ हजार ५९० रुपैयाँ रहेको थियो । अहिले उक्त फोनको मूल्य १७ हजार ५९० रुपैयाँ पुगेको छ । कम्पनीले फोनको मूल्यमा १ हजार कटौती गरेको हो ।  

सन् २०२० को अगास्ट महिनामा सार्वजनिक उक्त फोनको चौडाइ ८.३ एमएम र वजन जम्मा १ सय ६५ ग्राम रहेको छ । यो फोनमा ४ हजार २३० एमएएच क्षमताको ब्याट्री जडान गरिएको छ । नेपाली बजारमा यो फोन कालो र नीलो गरी दूई रङमा पाइन्छ ।
 
यो फोनको ७२०×१५२० पिक्सेल्स सहितको ६.२२ ईञ्चको डिस्प्ले रहेको छ । फोनको पिक्सेल डेन्सिटी २७० पीपीआई रहेको छ । आईपीएस प्यानल सहितको यो फोनको एस्पेक्ट रेशियो १९ः९ रहेको छ । 

डुअल रियर क्यामेरा सेटअप भएको यस फोनमा १३ एमपी क्षमताको प्राइमरी क्यामेरा र सेकेण्डरी क्यामेराका रुपमा २.० एमपी क्षमताको क्यामेरा जडान गरिएको छ । फोनमा रहेको रियर क्यामेरामा डुअल एलईडी फ्ल्याशको पनि प्रयोग गरिएको छ । 

त्यसैगरी, सेल्फीका लागि फोनमा ५ एमपी क्षमताको फ्रण्ट क्यामेरा जडान गरिएको छ ।

 

४ बर्ष अगाडि

प्रतिक्रिया