नेपालका सहकारी संस्थामा ८८ हजार जनालाई रोजगारी

४ बर्ष अगाडि

नेपालमा खुलेका सहकारी संस्थामा ८८ हजार भन्दा धेरैले रोजगारी पाएका छन् । मूलुकमा सञ्चालनमा रहेका २९ हजार ८ सय ८६ वटा सहकारी संस्थाले ८८ हजार३ सय ९ जनालाई रोजगारी दिएको सहकारी विभागले जनाएको छ । 

सहकारी संस्थामा रोजगारी पाउनेमध्ये सबैभन्दा धेरै बागमती  प्रदेशमा छन् । बागमतीमा सञ्चालनमा रहेका १० हजार ४ सय १८ सहकारीले ३३ हजार ८ सय ९२ जनालाई  प्रत्यक्ष रोजगारी दिएको विभागको तथ्यांक छ । 

त्यस्तै प्रदेशगत रुपमा हेर्दा रोजगारी दिने सहकारीको दोश्रो नम्बरमा प्रदेश १ रहेको छ । जहाँ सञ्चालित ४ हजार ७ सय ३७ सहकारीले २० हजार ६ सय ८५ जना कर्मचारी राखेका छन् । 

सहकारीमार्फत रोजगारी दिनेमा तेश्रो नम्बरमा प्रदेश २ छ । प्रदेश २ का ४ हजार १ सय ५३ सहकारीमा १० हजार ८ सय ४३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

त्यस्तै लुम्बिनी  प्रदेशमा सहकारी मार्फत ६ हजार ९ सय ८९, गण्डकी प्रदेशमा सहकारीमा ७ हजार ६ सय ३८ जना, कर्णाली प्रदेशमा ४ हजार ५ सय ३४ जना र सुदुरपश्चिम  प्रदेशमा सहकारी मार्फत २ हजार ८ सय १५ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

सकारी तथ्यांक अनुसार बर्तमान अवस्थामा लुम्बिनीमा ३ हजार ७ सय ५५, गण्डकीमा २ हजार ६ सय ७१, कर्णालीमा १ हजार ९ सय ६७ र सुदुरपश्चिम प्रदेशमा जम्मा २ हजार ६० सहकारी संस्था सञ्चालनमा छन् ।

मुलुकमा संघीयताको कार्यान्वयन भएपछि सहकारीको एकीकृत विवरण पहिलो पटक विभागले सार्वजनिक गरेको हो ।  सहकारी क्षेत्र नियमन गर्ने, सहजीकरण गर्ने तथा अन्य आवश्यक प्रबन्ध गर्ने अधिकारहरु तीन तहका सरकार संघ, प्रदेश र स्थानीय तहमा विभाजन छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया