२२ सय को बिन्दुमा टिक्न सकेन नेप्से, दोहोरो अंकले बढ्दा कारोबार भने ६ अर्ब नजिक

५ बर्ष अगाडि

आज साताको अन्तिम कारोबारका दिन नेपाल स्टक एकस्चेन्ज (नेप्से) दोहोरो अंकेले बृद्धी भएको छ । 

आज २१७८।५७ को विन्दुबाट कारोबार सुरु गरेको नेप्सेले अन्तिम समय सम्म आउँदा १५.९१ अंकले बढेर २१९४.४९ को विन्दु तय गरेको छ । 

आज कारोबारको दोस्रो घण्टामा नेप्से २२ सयको विन्दुमा पुगे पनि धेरै समय सम्म टिक्न सकेन । 

आज सेन्सेटिभ इन्डेक्स भने ३.०८ अंकले बढेर ४२१.२२ को विन्दुमा पुगेको छ । 

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूहमा अन्य बाहेक सबै बढेका छन् । यता कारोबार रकम पनि ६ अर्ब नजिक पुगेको छ । 

आज १ करोड १७ लाख बराबरको शेयर खरिद बिक्री हुदाँ ५ अर्ब ८७ करोड बराबरको कारोबार भएको छ । 

आज सबै भन्दा धेरै प्रभु बैंकको ३१ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ त्यस्तै, रि इन्स्योरेन्सको २७ करोड ४४ लाख , चिम्ले हाइड्रोको २४ करोड ७९ लाख बराबरको कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया