सिटिजन लाइफले पायो इन्फ्रास्ट्रक्चर बैंक बराबरको रेटिङ, कम्पनीमा लगानी गर्नेलाई मध्यम जोखिम

५ बर्ष अगाडि

आईपीओ निष्काशन गर्न लागेको सिटिजन लाईफ इन्स्योरेन्सको  इस्युअर रेटिङ पाएको छ । 

कम्पनीलाई इक्रा नेपालले रेटिङ दिएको हो । 

इक्राले कम्पनीलाई ट्रिपल बिको इस्युअर रेटिङ प्रदान गरेको हो । उक्त रेटिङले कम्पनीमा लगानी गर्न मध्यम जोखिम जनाउछ । 

यस अघि माघ २ गते बाट आईपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पनि ट्रिपल बिको रेटिङ पाएको थियो ।

सिटिजनले ७५ करोड बराबरको ७५ लाख कित्ताको शेयर निष्काशन गर्न लागेको हो । अधिकृत पुँजी ३०० करोड रहेको कम्पनीमा संस्थापक शेयरधनीबाट १७५ करोड चुक्ता भइसकेको छ। आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २५० करोड पुग्ने छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया