काठमाडौं– नेपाल एक आयातमा निर्भर मुलुक हो । नेपालमा वर्षेनी उच्च मात्रामा बस्तु आयात हुन्छ र अन्त्य न्यून मात्रामा मात्र बस्तु निर्यात हुन्छ । त्यो अनुसार वैदेशिक व्यापारमा नेपालले वर्षेनी खर्बौ घाटा बेहोर्दै आएको छ ।
नेपालले वर्षेनी १३० भन्दा बढी मुलुकबाट बस्तु आयात गर्छ, त्यसमा अधिकांश मुलुकसँग नेपालले व्यापार घाटा बेहोरेको छ । त्यो अवस्थामा नेपालले बिभिन्न ६ ओटा मुलुकमा बस्तु निर्यात मात्र गर्दै आएको छ । तर, त्यस मुलुकबाट कुनै पनि सामान आयात गरेको छैन ।
भन्सार विभागको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । तथ्याङ्कअनुसार नेपालले एन्गुइला, बहामास, कङगो, मोनाका, न्यू क्यालेडोनिया र चाड रहेका छन् । नेपालले उक्त मुलुकहरूमा चिकित्सक औषधि, जर्सि, कार्पेट, कार्पेट जस्ता बस्तुहरु निर्यात गर्दै आएको छ । यस पाँच महिनामा नेपालले उक्त मुलुकहरूमा रु. ५ करोड ६० लाख बढीको बस्तु निर्यात गरेको छ ।
नेपालबाट एन्गुइलामा ४ करोड ४२ लाख १३ रुपैयाँ बराबरको २ हजार ६ यस ४५ केजी पशु चिकित्सक औषधि निर्यात भएको छ । त्यस्तै, बहामासमा ७ लाख ९८ हजार बराबरको ४९ पिस जर्सि, जुरुवाल जस्ता सामान निर्यात भएको छ । यसैगरी चाडमा ४२ लाख ९७ हजारको ६ सय १६ पशु चिकित्सक खोप निर्यात भएको छ ।
कङगोमा ३ लाख १८ रुपैयाँको १ हजार ८ सय ७५ केजी विभिन्न सामान निर्यात भएको छ । त्यस्तै, नेपालबाट बस्तु निर्यात मात्र हुने देश मोनाको पनि रहेको छ । मोनाकोमा नेपालबाट ३९ लाख २१ हजार बराबरको कार्पेट, कपडा जस्ता विभिन्न प्रकारका समान १ सय ४४ मिटर निर्यात भएको छ ।
साथै, न्यू क्यालेडोनियामा २५ लाख १७ हजार रुपैयाँ बराबरको महिला कपडा १ हजार ८ सय १२ पिस निर्यात भएको भन्सार विभागको तथ्याङ्कमा देखाएको छ ।
प्रतिक्रिया