काठमाडौं- नेपाल धितोपत्र बोर्ड (सेबनमा) मा ५ करोड ३८ लाख ३२ हजार ८३६ कित्ता सर्वसाधारण शेयर (आईपीओ) स्वीकृतिका लागि पाइप लाइनमा रहेका छन् ।
बिभिन्न क्षेत्रका १६ कम्पनीको रू। ५ अर्ब ३९ करोड १४ लाख ३७ हजार बराबरबको आईपीओ बोर्डमा स्वीकृतिका लागि पाइपलाइनमा रहेका हुन् ।
प्राइपलाइनमा रहेका मध्ये ९ ओटा जलविद्युत कम्पनी, एक बीमा कम्पनी र छ वटा अन्य क्षेत्रका कम्पनी रहेका छन् । ती मध्ये सबैभन्दा बढी आईपीओ मध्य भोटेकोशी जलविद्युत कम्पनि लिमिटेडको रहेको छ ।
मध्य भोटेकोशी जलविद्युत कम्पनि लिमिटेडको रू। १ करोड ५० कित्ता अर्थात रू। १ अर्ब ५० करोड बराबरको आईपीईओ पाइप लाइनमा रहेका छ ।
यस्तै सबैभन्दा कम आईपीईओ सीबिआई क्यापिटलमा रहेको छ । सीबिआई क्यापिटल लिमिटेडमा ३ लाख शेयर कित्ता अर्थात रु ३ करोड बराबरको आईपिओ पाइप लाइनमा रहेको छ ।
प्रतिक्रिया