प्रभू लाइफको शेयर पाउने आशमा १२ हजार लाइनमा, २५ लाख कित्ता शेयरको माग

५ बर्ष अगाडि

नेप्सेमा आज पनि प्रभूलाइफको शेयरको माग उच्च रहेको छ । 

आज ११ बजे बाट सुरु भएको कारोबारमा प्रभूलाइफ इन्स्योरेन्स कम्पनीको  शेयरको माग उच्च रहेको हो । 

उक्त कम्पनीको २५ लाख बराबरको शेयर किन्न १२ हजारलगानीकर्ताहरुले माग राखेका छन् । 

खरिदकर्ता उच्च रहेपनि यस कम्पनीको शेयर कसैले पनि बिक्री गरेका छैनन् । 

आइतबार न्युनतम रेन्च बाट पहिलो कारोबार गरेको कम्पनीको शेयर मूल्यमा आज पनि सकरात्मक सर्किट लागेको छ । 

आज कम्पनीको मूल्य ८.६७ प्रतिशतले बढेर १८८ रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया