नौबीसे–नागढुंगामा मालवाहक सवारी रोक

७ बर्ष अगाडि

धादिङ –चाडबाडका बेला अत्यधिक सवारी चापलाई मध्यनजर गर्दै नौबीसे–नागढुंगा सडकमा जाम हुन नदिन मालवाहक सवारीसाधन प्रवेशमा बुधबारदेखि रोक लगाइएको छ ।  कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
एक सातासम्मका लागि ठूला मालवाहक सवारीसाधनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक डम्बर विकले बताए ।

चाडपपर्व मनाउन राजधानीबाट बाहिरिने सवारीसाधनको चाप बढ्ने भएका कारण प्रवेशमा रोक लगाइएको हो ।
 यात्रुहरूलाई सुरक्षित र समयमा नै गन्तव्यमा पुर्‍याउन विभिन्न घुम्तीमा २४ घण्टा प्रहरी पनि परिचालन गरिएको छ ।

७ बर्ष अगाडि

प्रतिक्रिया